समाज


विषालु सर्पले टोक्दा ५ वर्षीय बालकको मृत्यु

विषालु सर्पले टोक्दा ५ वर्षीय बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १२:२९, झापा

सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन्।

घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो। खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो।
       
बालक खेलेको ठाउँ नजिकै गोमन सर्प फेला परेपछि सर्पले डसेको शङ्का गरिएको थियो। शुक्रबार साँझ ५ः०० बजेतिर नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लैजाने क्रममा ती बालकको बाटोमा नै मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad