समाज


रुकुमपश्चिम जिप दुर्घटना अपेडट : मृतक ६ जनाको पहिचान खुल्यो, १० जना घाइते

रुकुमपश्चिम जिप दुर्घटना अपेडट : मृतक ६ जनाको पहिचान खुल्यो, १० जना घाइते

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार २०:२३, सुर्खेत

रुकुमपश्चिममा जिप दुर्घटनामा हुँदा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ। जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका-३ स्यालाखदीतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ दुर्घटनामा परेको थियो।

रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको छ।

तीमध्ये ६ जनाको पहिचान खुलेको रुकुमपश्चिम प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका-२ स्यालाकी ३० वर्षीय कमला ओली, सोही पालिकाका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय दिलमाया बुढा, १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक, २२ वर्षीय गोपाल ओली रहेका छन्। 

यस्तै, अन्य १० जना घाइतेहरुकाे उद्धार भइरहेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार जिप सडकबाट ७ सय मिटर तल खसेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad