समाज


रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १९:४६, काठमाडौँ

रुकुम पश्चिममा शुक्रबार जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। रा १ ज ४२२ नम्बरको बोलेरो जिप दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

जिल्लाको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमाको झारमारेमा दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएको बताइएको छ। 

अहिले उद्धार कार्य जारी रहेकोले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए। 

जिप सदरमुकाम खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको बेला दुर्घटनामा परेको थियो। जिपका चालक टोपजंग बुढा पनि गम्भीर घाइते भएका छन्। दुर्घटनापछि उद्धार जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad