ad ad

समाज


क्वारेन्टिनमा रहेका केहीमा औलोको संक्रमण देखियो : स्वास्थ्य मन्त्रालय

क्वारेन्टिनमा रहेका केहीमा औलोको संक्रमण देखियो : स्वास्थ्य मन्त्रालय

नेपालखबर
बैशाख १३, २०७७ शनिबार ११:३४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औलो रोगको संक्रमण देखिएको बताएको छ।

देशका विभिन्न ठाउँमा क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औलो पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

कुन ठाउँको क्वारेन्टिनमा बसेका कति जनामा संक्रमण देखिएको हो भन्ने विषयमा भने मन्त्रालयले केही जानकारी दिएको छैन्। प्रवक्ता डा. देवकोटाले क्वारेन्टिनस्थल व्यवस्थित बनाउन आग्रह समेत गरेका छन्।

अहिलेको अवस्थामा गर्भवती महिला र बच्चलाईहरुलाई लामखुट्टेको टोकाइबाट जोगाउन र व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा ध्यान दिन पनि उनले आग्रह गरे।

नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षीय पुरुष शनिबार निको भएर घर फर्किएका छन्। यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षीया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन्।

शुक्रबार नै झापामा एक जना कोरोना संक्रमण देखिएको छ। झापाको दमकका ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। चैत ४ गते उनँका छोरा दुबइबाट फर्किएका थिए। संक्रमण देखिएका पुरुषसँगै अन्य तीन जनाको आरडीटी पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गरिएको थियो। पीसीआर गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए।

अहिले विराटनगरमा ३०, वीरगञ्जमा ५ तथा भरतपुर तथा धनगढीमा १—१ जना गरी देशभरी ३७ जना उपचाररत छन्।

परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको मन्त्रालयले जनाएको छ। आरडीटी र पीसीआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाका अनुसार पीसीआर विधिबाट ९ हजार ६ सय ६६ र आरडीटी विधिबाट ३९ हजार ६ सय ७० जनाको परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ वटा नमुना परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताए।

सुदुरपश्चिम प्रदेशमा आरडीटी परीक्षण सबैभन्दा बढी गरिएको छ। शनिबारसम्म त्यहाँ १० हजार २ सय ४ वटा नमुना परीक्षण भएका छन्। यसैगरी प्रदेश १ मा ४ हजार १ सय ६०, प्रदेश २ मा ४ हजार ४४ र बागमती प्रदेशमा ७ हजार ४ सय ६७ नमुना परीक्षण भएका छन्। गण्डकी प्रदेशमा ४ हजार ८ सय ६१, प्रदेश ५ मा २ हजार ९ सय ५० र कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ वटा परीक्षण भएका छन्।

देशभरी शनिबारसम्म १४ हजार ७ सय ३१ जना क्वारेन्टिनमा रहेका छन्। सबैभन्दा बढी प्रदेश ५ मा ७ हजार ९ सय ५६ र बागमती प्रदेशमा १ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ३ गरी बाहिर ८४ गरी ८७ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .