ad ad

समाज


थापाथली प्रसूति गृहमा छ कोरोना संक्रमित महिलालाई पनि सुत्केरी गराउने व्यवस्था

थापाथली प्रसूति गृहमा छ कोरोना संक्रमित महिलालाई पनि सुत्केरी गराउने व्यवस्था

नेपालखबर
बैशाख १३, २०७७ शनिबार ११:२३,

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीका निर्देशक डा‍. जागेश्वर गौतमले अस्पतालमा कोरोना संक्रमित महिलालाई पनि सुत्केरी गराउने व्यवस्था भएको बताएका छन्।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा निर्देशक डा. गौतमले अस्पतालले कोरोना संक्रमित महिलालाई सुत्केरी गराउनका लागि छुट्टै कक्षको व्यवस्था गरिएको बताए।

drjageshorपरोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीका निर्देशक डा‍. जागेश्वर गौतम। फाइल फोटो

‘कथंकदाचित गर्भवती महिला, जो सुत्केरी हुने बेला पुगेको छ, उहाँलाई कोरोना देखियो भने हाम्रो अस्पतालमा डेलिभरी गर्ने व्यवस्था छ’, उनले भने, ‘त्यसका लागि हामीले छुट्टै कक्षको व्यवस्थापन गरिएको छ, स्वास्थ्यकर्मीलाई पीपीई व्यवस्था गरिएको छ।’ उनले सुत्केरी हुन आउने संक्रमित महिलाका लागि पनि छुट्टै व्यवस्था गरेको जानकारी दिए।

निर्देशक गौतमले ज्वरो आएका भर्गवती महिलाका लागि पनि छुट्टै लेवर रुम र अप्रेसन थियटरको व्यवस्था गरेको जानकारी दिए।

उनले गर्भवती महिलालाई ज्वरो आएमा, शरीर सुनिएमा, ब्लड प्रेसर बढेमा, रक्तश्राव भएमा अस्पताल आउन र अन्य सामान्य अवस्थामा अस्पताल नआउन आग्रह गरे। उनले सामान्य अवस्थामा पनि सुत्केरी गराउने व्यवस्था अस्पतालमा भएको भन्दै आवश्यक परेको बेलामा सुविधा लिन सकिने जानकारी दिए।

 निर्देशक डा. गौतमले घरमा रहँदा गर्भवती महिलाले सेनिटाइनरको प्रयोग गर्ने, साबुन पानीले हात राम्रोसँग धुने, भीडभाडमा नजाने, आफूले नियमित चेकजाँच गरेका क्लिनिकले दिएको औषधी नियमित सेवन गर्न समेत आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .