ad ad

समाज


कोरोना प्रकोपबीच लकडाउन खुकुलो बनाउन भारत सरकार तयार, दिल्ली असन्तुष्ट

कोरोना प्रकोपबीच लकडाउन खुकुलो बनाउन भारत सरकार तयार, दिल्ली असन्तुष्ट

नेपालखबर
बैशाख १३, २०७७ शनिबार ९:८,

भारतको गृह मन्त्रालयले शुक्रबार साँझ एक सूचना जारी गर्दै आवश्यक सुरक्षाका उपायहरु अबलम्ब गरेर पसलहरु खोल्न सकिने बताएको छ।

उक्त सूचनामा मदिरा पसल खोल्न भने अनुमति नदिएको उल्लेख गरिएको छ। साथै कोरोनाले अति प्रभावित क्षेत्रमा रहेका पसल पनि खोल्न पाइनेछैन।

पसलहरु खोल्दा ५० प्रतिशत मात्र कामदार राख्न पाइनेछ। उनीहरुले व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्नुपर्नेछ।

यसैबीच पसलहरु खोल्ने केन्द्र सरकारको निर्णयलाई दिल्ली सरकारले अस्वीकार गरेको छ।

हिन्दुस्तान टाइम्सका अनुसार दिल्ली सरकारले अवस्थालाई मध्यनजर गर्दै २७ अप्रिलपछि मात्र केन्द्र सरकारको निर्णय मान्ने या नमान्ने विषयमा छलफल हुने बताएको छ।

भारतमा हालसम्म २४ हजारभन्दा बढी कोरोना संक्रमित बनेका छन्। यीमध्ये ७८० को मृत्यु हुँदा ५ हजार ४९८ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .