समाज


दमकमा कोरोना संक्रमित भेटिएको क्षेत्रसहित शरणार्थी शिविरमा सिल

दमकमा कोरोना संक्रमित भेटिएको क्षेत्रसहित शरणार्थी शिविरमा सिल

नेपालखबर
बैशाख १३, २०७७ शनिबार ३:२७,

झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उच्च सतर्कता गर्न थालिएको छ।

४ चैतमा युनाइटेड अरब इरिमेट्स (युएई) बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सुरक्षा सतर्कता थालिएको हो।

सङ्क्रमण पुष्टि भएलगत्तै नगरपालिकामा शुक्रबार साँझ नै बसेको बैठकले कोभिड-१९को सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा थप कडाइ गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले बताइन्।

उनका अनुसार सङ्क्रमितको घर बिहीबार बेलुकादेखि नै सिल गर्नुका साथै त्यस घर नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको छ।

बिहीबार दमक–३ का एकै परिवारका तीन जनामा गरिएको ¥यापिड टेष्टमा एण्टीबडी पोजेटिभ देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो।

दमक अस्पतालको आइसोलेसनमा ती सङ्क्रमितसहित सात जना राखिएको छ। उनीहरुको अवस्था सामान्य छ।

दमकका विभिन्न तीन क्वारेन्टाइनमा ४१ जना रहेका छन्। दमक-४ स्थित मानसरोवरमा २१, दाहाल प्रतिष्ठानमा छ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad