विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख नजिक पुगेको छ।
गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ६ हजार ६४ जनाले ज्यान गुमाएका छन्। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९६ हजार ९ सय ८१ पुगेको वल्र्डओमिटरले जनाएको छ। यो शनिबार बिहान पौने ६ बजेसम्मको तथ्यांक हो।
अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख २६ हजार ८ सय ४७ पुगेको छ। शुक्रबार मात्रै १ लाख ३ हजार ६ सय ७८ जना नयाँ संक्रमित थपिएका छन्।
संक्रमितमध्ये सात लाख ८१ हजार २ सय ५६ जना उपचारपछि निको भएका छन्।
गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा १८ सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५२ हजार ९२ पुगेको छ।
त्यहाँ अहिलेसम्म ९ लाख २३ हजार ६ सय १२ जना संक्रमित भएका छन्। शुक्रबार मात्रै अमेरिकामा ३७ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
त्यसैगरी युकेमा शुक्रबार सात सय ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै त्यहाँ मृतकको संख्या १९ हजार ५ सय ६ पुगेको छ।
त्यसैगरी इटालीमा शुक्रबार ४ सय २० जनाले ज्यान गुमाएपछि त्यहाँ मृतकको संख्या २५ हजार ९ सय ६९ पुगेको छ। त्यहाँ संक्रमितको संख्या २ लाख नजिक पुगेको छ।
फ्रान्समा शुक्रबार ३ सय ८९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या २२ हजार नाघेको छ।
त्यस्तै ब्राजिलमा शुक्रबार ३ सय ५७ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ३ सय ६७ जनाले ज्यान गुमाएका छन्।
स्पेनमा अहिलेसम्म मृतकको संख्या २२ हजार ५ सय २४ पुगेको छ भने संक्रमितको संख्या २ लाख १९ हजार ७ सय ६४ पुगेको छ।
त्यसैगरी आयरल्यान्डमा २२०, जर्मनीमा १८५, टर्कीमा १०९, बेल्जियममा १८९, स्वीडेनमा १३१, क्यानाडामा १५५, नेदरल्यान्डमा ११२, इरानमा ९३ जनाले शुक्रबार कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा ५९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ७ सय ८० पुगेको छ भने संक्रमित २४ हजार ४ सय ४७ पुगेका छन्। त्यहाँ शुक्रबार १४ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया