छापा खबर


आन्तरिक उडान खोल्ने तयारी

आन्तरिक उडान खोल्ने तयारी

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार २३:५७,

कोरोना संक्रमण जोखिम रोकथामका लागि लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भएपछि सरकारले आन्तरिक उडानमा मापदण्ड बनाएर खोल्ने तयारी गरेको छ।

नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार कोरोनाको जोखिम कम हुँदै जाँदा लकडाउन लगायत उडानसमेत खुला गर्दा अपनाउनुपर्ने मापदण्डबारे छलफल भइरहेको जानकारी दिए।

प्राधिकरणले पर्यटन मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वायु सेवा सञ्चालक संघको समन्वयमा मापदण्ड तयार गर्न लागेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

आन्तरिक उडान खुला गर्ने मिति भने तय भइसकेको छैन। तैपनि आन्तरिक उडानलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad