आज (आइतबार) देशभर कतै पनि पानी वा हिउँ पर्ने सम्भावना नदेखिएको जानकारी मौसम पूर्वानुमान महाशाखाले गराएको छ।
महाशाखाका अनुसार दिउँसो (दिनभर) सबै प्रदेशका पहाड भेगमा आंशिक बदली (आंशिक घाम देखिने अवस्था) रही बाँकी स्थानमा मौसम मुख्यतया सफा (पूरै घाम देखिने अवस्था) रहने छ।
यस्तै आज राति (रातभर) देशभर मौसम मुख्यतया सफा (आकाश सफा) रहने मौसम महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म २४ घण्टाका लागि उक्त मौसम प्रक्षेपण जारी गरेको हो।
मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
66
Shares

प्रतिक्रिया