समाज


भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ

भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १८:३३, काठमाडौँ

भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुका अनुसार उक्त गोलीसहित सर्लाहीको लालबन्दी नगरपालिका ५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन्। 

उनी हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका थिए। उनीबाट बरामद भएका गोलीमा ५६ केएफ १३ उल्लेख छ। जेनजी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने एकिन भइसकेको छैन। 

जिल्ला अदालत भक्तपुरबाट ४ दिन म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको पनि डीएसपी जवेगुले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad