नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक चलिरहँदा सबै कुरा मिडियामा गएको भन्दै आक्रोस पोखेका छन्।
बिहीबारको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सकिनुअघि सम्बोधन गर्दैै उनले पार्टीकै सदस्यहरू समाचारदाता बनेको भन्दै गरिमा राख्न समेत आग्रह गरे।
‘आफ्नै पार्टीलाई माया गर्न सिकौँ, बैठक चलीरहेको छ,’ ओलीको भनाइ उल्लेख गर्दै एक केन्द्रीय सदस्यले भने, ‘समाचार र भिडिओ सम्प्रेषण भैरहेको छ, एमालेकै केन्द्रीय सदस्यहरू समाचार दाताहरु छन्। आफ्नै गरिमा त कायम राख्नुस् , आफ्नै महत्व त थाहा पाउनुस्।’
642
Shares

प्रतिक्रिया