पत्रकार रामबहादुर रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजक नियुक्त भएका छन्।
योसँगै उनी नेपालखबरको सम्पादक पदबाट बिदा भएका छन्।
रावल २०८० असोज १ मा नेपालखबरको सम्पादकमा नियुक्त भएका थिए।
बाजुरामा जन्मिएका रावल नेपालखबरअघि ग्यालेक्सी फोरके टेलिभिजनका सम्पादक थिए।
उनले कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा दुई दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा स्नातक हुन्।
1.7k
Shares

प्रतिक्रिया