बागमती


मीनभवनमा जिप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

मीनभवनमा जिप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
असोज २९, २०८२ बुधबार ११:७, काठमाडौँ

यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोकिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। 

यातायात विभाग मीनभवनस्थित सडकखण्डमा नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको बागमती बीएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गएराति एकापसमा ठोकिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए। उनको उपचारका क्रममा सभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad