समाज


सशस्त्र प्रहरीमा एकैपटक १६८ अधिकृतको कमान्ड जिम्मेवारी बदली

सशस्त्र प्रहरीमा एकैपटक १६८ अधिकृतको कमान्ड जिम्मेवारी बदली

नेपालखबर
असोज २९, २०८२ बुधबार ९:४५, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई ध्यान दिँदै एकैपटकमा १ सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमान्ड जिम्मवारी बदली गरेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायब निरीक्षक ४९ जना गरी जम्मा १ सय ६८ अधिकृतको जिम्मेवारी बदली गरिएको हो।

मुख्यालयले कमान्डमा खटिने अधिकृतहरूको पहिले नै अनुमान सूची प्रकाशन गर्ने र सोही सूचीमा रहेका अधिकृतहरूलाई नै कमान्ड जिम्मेवारीमा खटाउँदै आएको छ। साथै विगतमा सीमा क्षेत्रमा खटिएर राजस्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरूलाई पनि कामान्डम प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको छ।

वर्तमान अवस्थामा राजस्व संकलनलाइ विशेष जोड दिँदै सोही कार्यमा विगतका ट्र्याक रेकर्डअनुसार अधिकृतहरूलाई जिम्मेवारी दिने नीति संगठनको छ।

यसैगरी लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटमा खटाइएको छ। अनिर्वाय अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतहरूलाई प्राथमिकतामा राखी कमान्ड जिम्मेवारी खटाउने तथा आफ्नो वतन तथा कार्यरत क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा कामकाज गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ।

मुख्यालयले आफूलाई तोकिएको जिम्मेवारी पूरा नगर्ने तथा आचरणविपरीतको कार्यमा संलग्न अधिकृतलाई कमान्ड जिम्मेवारीबाट समेत हटाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad