राजनीति


मधेसमा कांग्रेस-एमालेलाई बाहिर राखेर सरकार गठनको सहमति, मुख्यमन्त्रीमा जितेन्द्र सोनल

मधेसमा कांग्रेस-एमालेलाई बाहिर राखेर सरकार गठनको सहमति, मुख्यमन्त्रीमा जितेन्द्र सोनल

जितेन्द्र सोनल


नेपालखबर
असोज २९, २०८२ बुधबार ९:५०, काठमाडौँ

मधेस प्रदेशमा कांग्रेस-एमालेलाई बाहिर राखेर सरकार गठनको सहमति भएको छ। 

लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा कांग्रेस-एमाले इतर गठबन्धनको सरकार गठन गर्ने सहमती पाँच दलबीच भएको हो।लोसपा, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच यस्तो सहमती जुटेको माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले नेपालखबरलाई जानकारी दिए। 

प्रदेस सभामा जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ। ‘हामीले  ५६ सांसद्को बहुमत जुटाएका छौँ, अहिले प्रदेश प्रमुखसँग दाबी पेस गर्न जाँदैछौँ,’ कुशवाहाले भने। 

मुख्यमन्त्री सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीको लागि आज दिउँसो ४ बजेसम्मको सयम दिएकी छन्। 

मधेसमा प्रदेश सभामा एमालेको २५ र कांग्रेसको २२ सिट मात्रै छ। नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीकाे १–१ सिट छ।

पाँच दलले सहमति पत्रमा हस्ताक्षरसमेत गरिसकेका छन्। केहीबेरमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरिने कुशवाहाले बताए।

सहमति पत्रमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका नेता महेश यादव, माओवादी केन्द्रका युवराज भट्टराई, लोसपाका जयनुल राय र एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्दप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्।  

हेर्नुहाेस् सहमति पत्र

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad