समाज


टीओबी समूहका युवालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो

टीओबी समूहका युवालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज २७, २०८२ सोमबार १६:१३, काठमाडौँ

जेनजी आन्दोलनमा हतियारसहित सामेल भएको आरोप लागेका टीओबी (तिब्बतीयन आरिजिनल ब्लड) समूहका युवाहरूलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा लगिएको छ। 

जेनजी आन्दोलनमा पेस्तोलसहित देखिएको भनिएका युवक आइतबार प्रहरी कार्यालय पुगेका थिए।

आइतबार उनी सुरुमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए। उक्त कार्यालयले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाएको एसएसपी रमेश बस्नेतले जानकारी दिए। 

प्रहरी कार्यालय पुगेका तेन्जेन दावाले आफू टीओबीको सदस्य भएको समेत स्वीकार गरेका छन्। तर उनले उक्त पेस्तोलसहित देखिएको फोटो भने पुरानो भएको दाबी गरेका छन्।

काठमाडौं परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरीले उनी सहितका युवालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको हो।

भदौ २३ र २४ गतेको आन्दोलन भड्काउन टीओबी लेखेको टिसर्ट लगाउने समूहको भूमिका रहेको भन्दै तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन्।

उक्त समूहमाथि प्रहरीले निगरानी बढाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad