समाज


लमजुङमा अरिङ्गालले टोक्दा ८२ वर्षीय वृद्धको मृत्यु

लमजुङमा अरिङ्गालले टोक्दा ८२ वर्षीय वृद्धको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज २७, २०८२ सोमबार १४:८, काठमाडौँ

लमजुङमा अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक वृद्धको मृत्यु भएको छ। 

आइतबार साँझ अरिङ्गालले टोकेर गम्भीर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको हाे।

वडाध्यक्ष शिवप्रसाद जोशीका अनुसार बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले टोकेर उनी घाइते भएका थिए। तत्काल उपचारका लागि उनलाई बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियाे।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad