ग्लोबल


हमासले रिहा गर्‍यो जीवित सबै २० बन्धक

हमासले रिहा गर्‍यो जीवित सबै २० बन्धक

नेपालखबर
असोज २७, २०८२ सोमबार १४:८, काठमाडौँ

हमासले बाँकी जीवित १३ बन्धक पनि रिहा गरेको छ। 

सुरुमा जीवितमध्ये ७ बन्धक मुक्त गरेको हमासले दोस्रोपटक बाँकी १३ जनालाई पनि छाडेको हो। 

योसँगै जीवित सबै २० बन्धक रिहा भएका छन्। आज रिहा हुने जीवित २० जनामा नेपालका विपिन जोशी परेनन्।

द टाइम्स अफ इजरायलका अनुसार एलकाना बोहबोट, मटान आङ्ग्रेस्ट, अविनाटन ओर, योसेफ-हैम ओहाना, एलोन ओहेल, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, रोम ब्रास्लाभस्की, गाली बर्मन, जिभ बर्मन, एटान मोर, सेगेभ काल्फन, निमरोड कोहेन, म्याक्सिम हर्किन, एटान हर्न, मातान जाङ्गाउकर, बार कुपरस्टेन, डेभिड कुनियो, एरियल कुनियो र ओम्री मिरान नामका इजरायली बन्धक रिहा भएका हुन्।

अब हमासले मृत २८ बन्धकको शव इजरायललाई हस्तान्तरण गर्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad