समाज


हैजा नियन्त्रणका लागि बारा र  पर्सामा खोप अभियान सुरु

हैजा नियन्त्रणका लागि बारा र  पर्सामा खोप अभियान सुरु

नेपालखबर
असोज २६, २०८२ आइतबार १५:५७, काठमाडौँ

सरकारले बारा र  पर्सा  जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि आजदेखि  हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ पहिलो सातादेखि फैलिएको हैजा संक्रमण नियन्त्रण गर्न खोप अभियान सञ्चालन गरेको हो। 

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप सेवन गरी अभियानको औपचारिक शुभारम्भ गरेका छन्। उनले खोप सेवन गर्न योग्य सबै उमेर समूहका व्यक्तिलाई खोप लगाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे।

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन, यूनिसेफ र गाभीबाट प्राप्त भएको १० लाख १८ हजार १०० सय मात्रा खोप पर्सा जिल्लाका सबै १४ वटा स्थानीय तहहरू र बारा जिल्लाका ६ वटा स्थानीय तहहरूमा खोप अभियान सञ्चालन गर्न  लागेको हो। 

सरकारले ‘इयूभिकोल-एस’ नामक मुखबाट खुवाउने खोप प्राप्त गरेको छ। मन्त्रालयका अनुसार आज देखि सुरु भएको अभियान कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ।  

खोप १ वर्षभन्दा माथिका सबै व्यक्तिलाई दिइनेछ। अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १४ वटै पालिकामा १,९५० वटा खोप केन्द्र स्थापना गरिएको छ।

गत भदौ ६ गते पर्साको वीरगञ्जबाट हैजा फैलिएकोमा हालसम्म बारा र पर्सामा गरी १ हजार ६ सय ८५ हैजामा देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उक्त हैजा ‘ओवान सेरोग्रुप’ रहेको पुष्टि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad