विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ।
गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ३ सय ३१ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ३ सय ९३ पुगेको वल्र्डओमिटरले जनाएको छ। यो शुक्रबार बिहान साढे ५ बजेसम्मको तथ्यांक हो।
अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १४ हजार ९ सय ९५ पुगेको छ। बिहीबार मात्रै ८३ हजार २ सय १९ जना नयाँ संक्रमित थपिएका छन्।
संक्रमितमध्ये सात लाख ४४ हजार ९ सय ६१ जना उपचारपछि निको भएका छन्।
गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ९५ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ७ सय ५४ पुगेको छ।
त्यहाँ अहिलेसम्म ८ लाख ७८ हजार ९ सय ७४ जना संक्रमित भएका छन्। बिहीबार मात्रै अमेरिकामा ३० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
त्यसैगरी युकेमा बिहीबार ६ सय ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै त्यहाँ मृतकको संख्या १८ हजार सात सय ३८ पुगेको छ।
फ्रान्समा बिहीबार ५ सय १६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या २१ हजार ८ सय ५६ पुगेको छ। त्यसैगरी इटालीमा बिहीबार ४ सय ६४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ।
त्यसैगरी स्पेनमा बिहीबार ४ सय ४० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या २२ हजार १ सय ५७ पुगेको छ। त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ।
ब्राजिलमा बिहीबार ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या झण्डै ५० हजार पुगेको छ।
त्यसैगरी बिहीबार जर्मनीमा २६०, बेल्जियममा २२८, टर्कीमा ११५, क्यानाडामा १७३, मेक्सिकोमा ११३, नेदरल्यान्डमा १२३, इरानमा ९० र स्वीडेनमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा ४० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन्। त्यहाँ बिहीबार एकै दिन १६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया