छापा खबर


मंगलबार राति नै बर्दिबासको होटेलमा बास बसेको थियो पूर्वआइजिपीको समूह

मंगलबार राति नै बर्दिबासको होटेलमा बास बसेको थियो पूर्वआइजिपीको समूह

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ०:३३,

पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवको अपहरणको चर्चासँगै बर्दिबासको गौतम होटेल पनि चर्चामा आएको छ।

सञ्चालक हिरा गौतमका अनुसार पूर्वआइजिपी सर्वेन्द्र खनाललगायतको टोली मंगलबार राति नै होटेलमा आएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा महोत्तरीबाट रञ्जन भण्डारीले लेखेका छन्।

महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले सूचना गरेर ६ वटा कोठा उपलब्ध गराइदिन भनेपछि आफूले तयार गरिदिएको उनले बताए।

‘एसपी श्यामकृष्ण अधिकारीले पूर्वआइजिपी सर्वेन्द्र खनाल महोत्तरी आउँदै हुनुहुन्छ, उहाँलाई बस्न ६ वटा कोठा उपलब्ध गराइदिन आग्रह गर्नुभयो। सुरक्षाप्रमुखले आग्रह गरेपछि हुँदैन भन्ने कुरा भएन,’ सञ्चालक गौतमले भने, ‘मंगलबार मध्यराति दुईवटा गाडीमा आएको, राति खाना खाएर सुतेको र बिहान ७ बजेतिर हल्का नास्ता लिएर निस्किनुभएको हो।’

उनीहरू साँझ ६ बजेतिर पुनः होटेल फर्किएर दुई घन्टाजति बसेको उनले बताए । तर, त्यतिवेला कोकसको भेटघाट भयो आफूलाई सबै जानकारी नभएको बताए । ‘बुधबार साँझ आउँदा भने तीनवटा गाडीमा हुनुहुन्थ्यो,’ गौतमले भने, ‘राति ८ बजे उहाँहरू चेकआउट गरेर सिन्धुलीको बाटो हुँदै काठमाडौं लाग्नुभएको हो।’

सांसद यादव अपहरणको हल्ला फैलिएसँगै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव तथा अर्थमन्त्री विजय यादव बिहीबार बर्दिबासस्थित गौतम होटेल पुगेका छन् । उनीहरूले होटेलमा बसेका पूर्वआइजिपी सर्वेन्द्र खनाल तथा अन्य अतिथिहरूबारे सोधपुछ गरेका छन्।

उनीहरू सोधपुछ तथा सिसिक्यामेरा फुटेज चेकजाँच गरेर निस्किसकेका थिए । सञ्चालक गौतमले मन्त्रीहरू सोधपुछका लागि आएको पुष्टि गरे । तर, मन्त्रीहरूले भने यसबारे खुलाउन चाहेनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad