समाज


काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने

काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १७:२०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ। कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन समेत इच्छुक सङ्घसंस्थालाई आवेदन दिन महानगरपालिकाले आह्वान गरेको छ।

महानगरपालिकाले १५ दिनभित्र महानगरको कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गरी आवेदन दिन आग्रह गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका पशु चिकित्सक डा पूजा खनालका अनुसार आवेदन पेस गर्न चाहने संस्थाले आफ्नो विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि, कामपाको मौजुदा सूचीमा सूचीकृत भएको प्रमाणपत्र, कुकुर र बिरालो बन्ध्याकरणसम्बन्धी काम गरेको अनुभवका प्रमाणपत्र, पशु चिकित्सकको प्रमाणपत्र, पशु ओसारपसारका लागि प्रयोग हुने सवारीसाधन, सेल्टर र बन्ध्याकरण कक्ष भएको प्रमाण, भाडामा भए सम्झौता पत्र तथा बन्ध्याकरणका लागि आवश्यक सामग्रीको व्यवस्थासम्बन्धी कागजात पेस गर्नुपर्नेछ। 

संस्थाहरूले पेस गरेको सेवा उपलब्ध गराउने पूर्वाधार मूल्याङ्कन गरी अन्तिम छनोट भएका संस्थासँग सम्झौता गरेर कार्यादेश दिइने पशु चिकित्सक डा खनालले जानकारी दिएन्। उनका अनुसार, छनोट भएका संस्थाले कार्य राम्ररी सम्पादन गरेको वा नगरेको विषयमा भने नियमित अनुगमन गरिने छ। महानगरपालिकाले हरेक वर्ष साुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप सेवा प्रदान गर्दै आएको छ। 

आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ५०० कुकुर र बिरालोको बन्ध्याकरण गरिएको तथा १६ हजारमा रेबिजविरुद्धको खोप लगाइएको पशु चिकित्सक डा खनालले जानकारी दिइन्। आर्थिक वर्ष २०८१/८२ मा ६७० बन्ध्याकरण र १६ हजार ५६९ मा रेबिजविरुद्धको खोप लगाइएको उनले बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad