राजनीति


निर्वाचनतर्फ अघि बढ्यो रास्वपा, उम्मेदवार छनोटबारे सुझाव संकलन गर्न कार्यदल गठन

निर्वाचनतर्फ अघि बढ्यो रास्वपा, उम्मेदवार छनोटबारे सुझाव संकलन गर्न कार्यदल गठन

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १७:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुनमा घोषणा गरिएको प्रतिनिधि सभा चुनावमा भाग लिन प्रक्रिया अघि बढाएको छ। 

रास्वपाको शुक्रबार सम्पन्न पार्टी सचिवालयको बैठकले त्यसका लागि उम्मेदवार छनोट विधिबारे सुझाव संकलन गर्न कार्यदल समेत गठन गरेको छ। 

प्रवक्ता मनीष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय भएको हो।

‘मिति २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेश मार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने,’ रास्वपाको निर्णयमा भनिएको छ। 

रास्वपाले सुझाव संकलनको लागि ७ दिनको समयावधि तोकेको छ भने कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने निर्णय समेत गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad