ad ad

समाज


फोटोपत्रकारलाई मास्क र स्यानिटाइजर सहयोग

फोटोपत्रकारलाई मास्क र स्यानिटाइजर सहयोग

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १२:३७,

कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका फोटोपत्रकारहरु सुरक्षित रहनका लागी विभिन्न संघसंस्थाले सुरक्षाका सामग्री वितरण गरेका छन्।

आईएमएसका अध्यक्ष दिपक मलहोत्रा, औषधि उत्पादक संघका तर्फबाट महासचिव विप्लव अधिकारी, देउराली जनता फर्मास्यूटिकल्स प्रालिका कार्यकारी निर्देशक हरिभक्त्त शर्मा, पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालका डा. विप्लव सापकोटाले फोटो पत्रकार क्लबलाई स्यानेटाईजर र मास्क उपलब्ध गराएका हुन्।

व्यबसायी दिपक मलहोत्राले २ हजार थान सर्जिकल मास्क, औषधि उत्पादक संघले २५० एमएलको स्यानिटाईजर ७० थान, देउराली जनता फर्मास्यूटिकल्सले ५० एमएलको स्यानेटाईजर ८५ थान स्यानेटाईजर र १०० थान मास्क, पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालका डां. विप्लव सापकोटाले करिब ५०० थान सर्जिकल मास्क उपलब्ध गराएका छन्।

नेपाल औषधि उत्पादक संघले उपलब्ध गराएको उक्त २५० एम एलको ह्यान्ड स्यानेटाइजर फर्माको ईन्ड्रटिजका सानूकाजी श्रेष्ठ मार्फत उपलब्ध गराएको हो।

उनीहरुबाट प्राप्त सामाग्रीहरु अग्रपंक्तिमा खटिएका ७० जना फोटोपत्रकारहरुलाई बिहीबार नै वितरण गरिएको फोटो पत्रकार क्लबले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .