ad ad

समाज


कैलालीकी ५० वर्षीया महिलाले पनि जितिन् कोरोनालाई, निको भएर घर फर्कनेको संख्या १० पुग्यो

कैलालीकी ५० वर्षीया महिलाले पनि जितिन् कोरोनालाई, निको भएर घर फर्कनेको संख्या १० पुग्यो

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १२:१२,

कोरोनाको संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कैलालीकी ५० वर्षीया महिला निको भएसँगै घर फर्केकी छन्।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ ती महिलालाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो।

ती महिलाको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारीले जानकारी दिए। ५८ वर्षीय छोरा निको भएर घर फर्केका थिए। योसँगै निको भएर घर फर्कनेको संख्या १० पुग्यो।

‘उहाँको बुधबार गरिएको तेस्रो र त्यसको २४ घण्टापछि बिहीबार गरिएको चौथो रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरेका हौँ’, अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले नेपालखबरसँग भने।

ती महिलामा गत चैत २२ गते उनमा कोरोना संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएसँगै अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर उपचार गराइरहेकी थिइन्। २० दिनको उपचारपश्चात निको भएर घर फर्केकी हुन।

योसँगै सेती प्रदेशिक अस्पतालबाट उपचारपछि निको भएर घर फर्कनेको संख्या ४ पुगेको छ। यसअघि वैशाख ७ गते गते कैलालीकै लम्की चुहाका २१ वर्षीय पुरुष, ९ गते धनगढी उपमहानगरपालिकाका ५ का ३४ वर्षीय पुरुष, र बुधबार कञ्चनपुरको वेदकोट नगरपालिकाका ४० वर्षीष पुरुष निको भएर घर फर्किसकेका छन्।

अब अस्पतालमा धनगढी उपमहानगर ५ की ३४ वर्षीया महिला उपचाररत छन्।

यसअघि बिहीबारै ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका ८१ वर्षीया आमा र ५८ वर्षीय छोरा रहेका छन्। योसँगै निको भएर घर फर्कनेको संख्या १० पुगेको छ।

याे पनि : कोरोना अपडेट : ८१ वर्षीया वृद्धासहित दुई जना निको भए, दुई संक्रमित थपिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .