नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु- ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा खुशी व्यक्त गरेका छन्।
बिहीबार विज्ञप्ति प्रकासित गरी देउवाले दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई मजवुत बनाउन मद्दत पुग्ने विश्वास लिएका छन्।
नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट देउवाले शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया