ad ad

समाज


क्यानडामा एसियाली मूलका वृद्धलाई भाइरस भन्दै सपिङ मलबाट बाहिर निकालियो

क्यानडामा एसियाली मूलका वृद्धलाई भाइरस भन्दै सपिङ मलबाट बाहिर निकालियो

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ११:४३,

क्यानडाको भ्यानकुभरमा कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपबीच एक वृद्धमाथि दुव्र्यवहार भएको छ।

एसियाली मूलका ९२ वर्षका वृद्धलाई एक व्यक्तिले ‘कोरोना भाइरस’ भन्दै सपिङ मलबाट बाहिर निकालेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

आवश्यक सामग्री खरिद गर्न सपिङ मल पुगेका वृद्धलाई उनकै पछाडिका व्यक्तिले हुत्याउँदै बाहिर निकालेको एक भिडियो सार्वजनिक भएको छ।

The suspect in a racist attack on an elderly Asian man stands over his victim outside a Vancouver convenience store on March 13, in a video released on Wednesday by Vancouver police. Photo: Handout

जब वृद्धलाई बाहिर निकालिन्छ वृद्ध भुँइमा लडेको देख्न सकिन्छ। प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले वृद्धलाई कोरोना भाइरस भन्दै बाहिर निकालेका थिए।

हाल क्यानडाका प्रहरीले वृद्धमाथि दुव्र्यवहार गर्ने व्यक्तिको खोजी गरिरहेको छ।

यसअघि बेलायतमा पनि एसियाली विशेषगरी चिनियाँ मूलका नागरिकमाथि कोरोना भाइरसको नामसँग जोडेर दुव्र्यवहार भएको घटना सार्वजनिक भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .