समाज


चितवनमा बढी भाडा असुल्नेलाई कारबाही

चितवनमा बढी भाडा असुल्नेलाई कारबाही

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०८२ मंगलबार १३:७, चितवन

काठमाडौं फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि चितवन प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरूलाई कारबाही गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार, नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी उपरीक्षक गोविन्द पुरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारीसहितको टोलीले सडकमा जाँच गरी कारबाही गरेको हो।

उनले बढी भाडा लिने ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकालाई कारबाही गरिएको हो। यस्तै, २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताएकी छन्।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार, चलानीबिना यात्रु लिएर हिँडेका सवारी चालक र बढी भाडा असुल गरेकालाई सचेत गराइएको, भाडा फिर्ता गराइएको, जरिवाना लगाइएको र नियन्त्रणमा लिइएको छ। अटेर गरेकालाई पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। चितवन हुँदै काठमाडौँतर्फ गुड्ने सवारीसाधनमा अनुगमन गरिएको हो।

दसैँ मानेर काठमाडौँ फर्किनेको चाप बढेपछि यातायात व्यवसायीले उनीहरूबाट चर्को भाडा असुल्ने गरेको गुनासो सुनेपछि नियमितरूपमा अनुगमन गर्न थालिएको प्रहरी उपरीक्षक पुरीले बताएका छन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad