सुनसरी अविरल वर्षा राकिएसँगै सप्तकोसी नदीमा बाढीको बहाब घटेको छ।
सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाब थियो।
गएराति पानीको बहाब पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो। रातिदेखि नै वर्षाकम भएसँगै सप्तकोसीमा पानीको बहाब घट्दो क्रममा रहेको उनले बताए।
अहिले कोसी ब्यारेजको ५६ वटै ढोका खोलिएका छन्। आइतबार बिहान नदीमा पानीको बहाब उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो। रासस
57
Shares

प्रतिक्रिया