समाज


अमेरिकी जहाजलाई अवरोध गर्ने इरानको सबै जहाज ध्वस्त बनाउन ट्रम्पको निर्देशन

अमेरिकी जहाजलाई अवरोध गर्ने इरानको सबै जहाज ध्वस्त बनाउन ट्रम्पको निर्देशन

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ७:३८,

ट्रम्पले बुधबार अमेरिकी जहाजलाई अवरोध गर्ने इरानको सबै जहाजलाई ध्वस्त बनाउन आफ्ना सेनालाई निर्देशन दिएका छन्।

ट्रम्पले ट्वीटमा भनेका छन्,‘इरानी हतियारसहितको जहाजले अमेरिकी जहालाई अवरोध गर्न खोजे इरानका त्यस्ता जहाजलाई ध्वस्त बनाउन मैले अमेरिकी नौसेनलाई निर्देशन दिएको छु।’

सन् २०१४ देखि अमेरिकी सेना इराकमा तैनाथ छ। अमेरिकाले आइएस लगायतका आतंकवादी गतिविधि नियाली रहेको छ।

हालैका दिनमा इरान र अमेरिकाबीच तनाव उत्पन्न भएको छ। नर्थ अरेबियन गल्फमा हालै ११ इरानी इस्लामिक रिभोलुसन गार्ड्स कप्र्सका लडाकु जहाजले अमेरिकी पानीजहाजलाई अवरोध गरेका थिए।

यसबीचमा इरानविरुद्ध ट्रम्पको पछिल्लो आक्रमक भनाइ आएको हो। गत जनवरी ८ मा अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले इराकमा तैनाथ अमेरिकी सेनामाथि हिंस्रक गतिविधि बढाएको छ। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .