समाज


मधेसमा विपद्पीडितलाई बिमा कार्यक्रम

मधेसमा विपद्पीडितलाई बिमा कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८२ आइतबार १२:१२, विराटनगर

मधेस प्रदेश सरकारले विपद्को समयमा हुने क्षतीको लागि बीमा कार्यक्रम सार्वजनिक गरेको छ। 

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले विपद् व्यवस्थापनअन्तर्गत बाढी र डुबानजस्ता प्राकृतिक विपद्ंबाट प्रभावित नागरिकका लागि राहत तथा बिमा कार्यक्रम सार्वजनिक गरिएको बताए। 

उनले मधेस प्रदेशमा विपद् (बाढी, डुबान)का कारण कसैको घरमा क्षति पुगेमा प्रभावित परिवारलाई १ लाखदेखि ५ लाख २५ हजारसम्मको बिमा रकम प्रदान गरिने बताए।

‘मानवीय क्षति भएका परिवारलाई १० लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराइनेछ’ उनले भने। 

जयसवालले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘हाम्रो मन्त्रालयबाट यो बिमा कार्यक्रम लागू गरिएको छ। सम्बन्धित परिवारसम्म सूचना पु¥याई प्रक्रिया अगाडि बढाऔं। उद्धार र राहत कार्यमा सबै जुटौं।’

मन्त्री जयसवालले प्रदेश सरकार विपद् व्यवस्थापनमा सक्रिय रहेको र प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुनःस्थापनाका कार्यहरूमा समन्वय गर्न स्थानीय तहहरुसँग समन्वय गरिरहेको बताएका छन्। 

मधेस प्रदेशमा मुसलधारे वर्षाका कारण बाढी र डुबानबाट सयौं परिवार प्रभावित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad