समाज


अविरल वर्षाबारे मौसम विभागले जारी गर्‍यो दशबुँदे अपडेट

अविरल वर्षाबारे मौसम विभागले जारी गर्‍यो दशबुँदे अपडेट

नेपालखबर
असोज १८, २०८२ शनिबार १४:६, काठमाडौँ

देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले दशबुँदे अध्यावधिक जानकारी सार्वजनिक गरेको छ। 

यस्तो छ, मौसम विभागले जारी गरेको अध्यावधिक जानकारी-

#अपडेट २ (२०८२-०६-१८, दिउँसो १:५० बजे)

१) आज शनिबार दिउँसो १.५० बजेसम्म देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहेको।

२) पछिल्लो ६ घण्टामा मधेस र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको र कोसी प्रदेशको धेरैजसो जिल्लाहरूमा हल्का वर्षा मापन भएको।

३) काठमाडौँ जिल्लास्थित बागमती जलाधारको जलमपान केन्द्रहरू र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा रहेको र राति सतर्कता तह पार गर्ने सम्भावना रहेको।

४) आज दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई वहने नदीहरूमा बहाब उल्लेख्य बढ्न सुरु हुने

५) आज राति नवलपरासी-पश्चिम, नवलपरासी-पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई वहने ससाना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको।

६) भोलि आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने

७) आइतबार रातिदेखि कोसी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने

८) बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी

९) कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन हुन आवश्यक।

१०) हाम्रो सामाजिक सञ्जाल "Nepal Flood Alert-नेपाल बाढी सूचना" फेसबुक र एक्स (ट्विटर) मा हेर्दै गर्नुहोला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad