अविरल वर्षातका बाबजुद बढी चाप हुने केही सडकखण्डमा अवरोध नरहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।
दिउँसो पौने २ सम्मको अपडेटअनुसार नागढुंगा मुग्लिङ खण्डमा पर्ने मुग्लिङ मलेखु क्षेत्रमा खसेको पहिरोले अवरोध रहेको भए पनि अहिले धमाधम हटाउने काम जारी छ।
यसबाहेक नारायणगढ–बुटवल पहिरोको कारण सडकमा अवरोध छैन। त्यसैगरी मुग्लिङ–नारायणगढ सडकमा पनि पहिरोको कारण अवरोध नरहेको उल्लेख गरिएको छ।
बीपी राजमार्ग, काठमाडौं–हेटौंडा राजमार्ग, त्रिभुवन राजपथ र अरनिको हाइवेमा पहिरोको अवरोध नरहेको मन्त्रालयले जनाएको छ। कान्ति लोकपथमा पनि पहिरोको कारण अवरोध नरहे पनि आवागमन भने प्रशासनले बन्द गरेको छ।
111
Shares

प्रतिक्रिया