समाज


पहिरो खसेको ठाउँमा अहिले कस्तो छ नारायणगढ–मुग्लिन सडक? (भिडिओ)

पहिरो खसेको ठाउँमा अहिले कस्तो छ नारायणगढ–मुग्लिन सडक? (भिडिओ)

तुइनखोला पुलनजिक नारायणगढ-मुग्लिन सडकको ताजा अवस्था। तस्बिर : सडक डिभिजन भरतपुरले जारी गरेको भिडिओबाट स्क्रिनसट।


नेपालखबर
असोज १५, २०८२ बुधबार ८:१०, काठमाडौँ

मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोला पुलनजिकै मंगलबार राति खसेको लेदोसहितको पहिरो पन्छाएपछि खुलेको यातायात अहिले बिहानसम्म बिनाअवरोध सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ। 

सडक डिभिजन भरतपुरले आज (बुधबार) बिहान ७:२० बजे जारी गरेको सूचनाअनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण अहिले कुनै अवरोध छैन, सवारी आवागमन भइरहेको छ। 

तर चाडपर्वमा सवारीसाधनको उच्च चाप हुने भएकाले गति सीमित गरी लेन अनुशासन पालना गर्न सडक डिभिजन भरतपुरले चालकहरूलाई आग्रह गरेको छ। 

हेर्नुहोस्, भिडिओसहितको सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad