समाज


शिक्षामन्त्री पुन भन्छन्: तलब पाइएन भनेर मधेसका शिक्षकबाट ५ सयभन्दा बढी गुनासो आयो, यस्तो बेथिति कसरी भयो?

शिक्षामन्त्री पुन भन्छन्: तलब पाइएन भनेर मधेसका शिक्षकबाट ५ सयभन्दा बढी गुनासो आयो, यस्तो बेथिति कसरी भयो?

नेपालखबर
असोज १३, २०८२ सोमबार ९:२०, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले तलब नपाएको भनेर सबैभन्दा बढी मधेस प्रदेशका विद्यालय शिक्षकबाट आएको बताएका छन्।

दसैँजस्तो चाडमा पनि तलब पाइएन भनेर ५ सयभन्दा बढी गुनासो आएकाले यस विषयमा आफूले बुझिरहेको उनले उल्लेख गरेका छन्। 

‘तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेसबाट आएको छ। बर्ष दिनमा आउने दसैँ, तिहार र छठ पर्वजस्तो महान् चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो’, उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षा मन्त्रालयले सबै पालिकाहरूलाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दै छु र सो बेथितिको समाधानको उपाय खोज्दै छु।’

यसअघि शिक्षामन्त्री पुनले शुक्रबार हिजो आइतबारसम्ममा शिक्षकलाई तलब उपलब्ध नगराउने पालिकालाई कारबाही गर्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad