समाज


राशिफल १३ असोज : वृषको बोलीमा विपरीत अर्थ लाग्ने, कर्कटको दिन मनोरञ्जनपूर्ण, तपाईँको के?

राशिफल १३ असोज : वृषको बोलीमा विपरीत अर्थ लाग्ने, कर्कटको दिन मनोरञ्जनपूर्ण, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असोज १३, २०८२ सोमबार ४:७, काठमाडौँ

आज सोमबार, १३ असोज २०८२ (२९ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। आजको मन्त्र- सुनाइमा पनि समाधान लुकेको हुन्छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

वृष: स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्ला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्ध सामान्य रहने देखिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मिथुन: परिवारको माङ्गलिक कार्यमा सहभागी भइनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। शुभकार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आजको मन्त्र- विचार बोक्ने होइन बाँड्ने समय हो।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कर्कट: मनोरञ्जनपूर्ण रूपमा दिन बित्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक कार्यमा सहभागी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

सिंह: धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिने पेसा व्यवसायबाट भनेजस्तो पैसा कमाउन सकिन्छ। आजको मन्त्र- भिन्नता नै वास्तविक पहिचान हो।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ५३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या: सहकर्मीबाट विरोध आउँदा गलत निर्णय लिन पुगिएला, सोचविचार गर्नु पर्छ। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

तुला: आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति होला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

वृश्चिक: स्वादिष्ट र सुखद भोजन मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। वाहन वा भूमिबाट लाभ रहला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: स्वादिष्ट खानपिनको अवसर मिल्ला। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मकर: आफ्नो विचार विपरीत निर्णय हुन सक्छ। गरेको काममा ढिलासुस्ती होला। पुँजी बजारमा नोक्सानी हुन सक्छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३५, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कुम्भ: ठिक समयमा सही निर्णय लिन सकिनेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। नयाँ वस्त्र या उपहार पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। निर्णायक क्षमतामा कमी आउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मीन: महत्त्वपूर्ण कामको थालनी हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम जीवन सामान्य रहनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रको काम अधुरै रहला।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad