समाज


ज्ञानेन्द्रले आफूलाई पहिलोपटक ‘पूर्वराजा’को दर्जामा राखेर दिए दसैँको शुभकामना

ज्ञानेन्द्रले आफूलाई पहिलोपटक ‘पूर्वराजा’को दर्जामा राखेर दिए दसैँको शुभकामना

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८२ आइतबार १०:१७, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलोपटक आफूलाई पूर्वराजाको दर्जामा राखेर विजया दशमीको शुभकामना सन्देश जारी गरेका छन्। 

आइतबार उनीबाट जारी बडा दसैैको शुभकामना सन्देशमा ‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०८२ विजया दशमीको उपलक्ष्यमा वक्सेको शुभकामना’  उल्लेख गरेर निर्मल निवासबाट दसैँको शुभकामना सन्देश जारी भएको हो। 

यसअघि ज्ञानेन्द्र र उनको सचिवालयले जारी गर्ने यस्ता सन्देशमा उनलाई राजतन्त्र कालमा जस्तै  ‘श्री ५ महाराजाधिराज’ लेखिएको हुन्थ्यो। 

गएको असार २९ गते उनका संवाद सचिव डा.फणिराज पाठकलले ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरेर विज्ञप्ति जारी गरेपछि प्रहरीले पक्राउ गरेको थियो।  

त्यसपछि आइन्दा पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन नगर्ने कागज गरेर पाठक छुटेका थिए।  

त्यसपछि उनले ज्ञानेन्द्रलाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरी लेखेका विज्ञप्तिहरू आफ्नो फेसबुकबाट पनि हटाएका थिए। 

हेर्नुहोस ज्ञानेन्द्र शाहले आइतबार जारी गरेको शुभकामना सन्देश 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad