समाज


भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्छन्, सचेत रहनू : प्रहरी

भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्छन्, सचेत रहनू : प्रहरी

जेनजी आन्दोलनका बेला डिल्लीबजार कारागारमा देखिएको दृश्य


नेपालखबर
असोज १२, २०८२ आइतबार ९:११, काठमाडौँ

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी गाउँमा देखिए खबर गर्न प्रहरीले नागरिकलाई अनुरोध गरेको छ। 

‘जेनजी’ आन्दोलनको मौकामा देशभरका कारागारबाट भागेका कैदीबन्दीमध्ये ८ हजार जना कैदीबन्दी फर्किए पनि अझै ६ हजार फरार रहेको प्रहरीले जनाएको छ। 

ती यो चाडपर्वको समयमा गाउँघरमा हुन सक्ने भएकाले नागरिकलाई सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको हो।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने, ‘भागेका कैदीहरूमा कोही चोर-डाकाहरू पनि छन्। कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौँ। सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ।’

त्यसैगरी उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको बताए। 

उनले भने, ‘भागेकामध्येबाट पनि केही कैदीहरू सम्बन्धित जिल्लाका प्रहरीको सम्पर्कमा र केही हाम्रो सम्पर्कमा छन्। जो आपराधिक मानसिकताका छन्, उनीहरूले गाउँमा बदलाको भवना लिनसक्ने भएकाले प्रहरी निकै चनाखो अवस्थामा छ।’

भागेका कैदीबन्दी खोजी अभियान जारी रहेकाले उनीहरूबारे सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन उनले नागरिकलाई अनुरोध गरेका छन्।

उनले भागेका कैदीबन्दीको प्रहरीले उच्च निगरानी राखेकाले उनीहरू गलत गतिविधिमा संलग्न भएमा जुनसुकै समयमा पनि पक्राउ पर्ने बताए। 

उता कारागार व्यवस्थापन विभागले ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन भनेको छ। 

भागेका कतिपय कैदीबन्दीलाई भारत भाग्न लागिरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेर फिर्ता गरेका छन् भने कतिपय नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका तथा कतिपय कैदी आफैँ फिर्ता भएर कारागार आएका प्रवक्ता घिमिरेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad