समाज


भारतमा स्वास्थ्यकर्मीलाई आक्रमण गरे ७ वर्षसम्म जेल सजाय हुने

भारतमा स्वास्थ्यकर्मीलाई आक्रमण गरे ७ वर्षसम्म जेल सजाय हुने

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १२:१५,

भारतमा कारोना भाइरसको उपचारमा खटेका स्वास्थ्यकर्मीमाथि आक्रमणको घटना बढेपछि सरकारले उनीहरुको सुरक्षाको लागि अध्यादेश ल्याएको हो।

भारतको सञ्चार तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले स्वास्थ्यकर्मीमाथिको आक्रमणको घटना बढेपछि आध्यादेश ल्याएको बताएका छन्।

शताब्दी पुरानो महामारी ऐन संशोधन गर्न अध्यादेश ल्याइएको बताइएको छ।

महामारी रोग कानुनसम्बन्धी अध्यादेश मन्त्रिपरिषदले पास गरिसकेको रराष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो कार्यान्वयनमा आउने जावडेकरले बताए

नयाँ अध्यादेश कार्यान्वयनमा आएसँगै स्वास्थ्यकर्मीमाथि आक्रमण भएको खण्डमा घटनाको प्रकृती हेरी आक्रमणकारीलाई ३ महिनादेखि ५ वर्ष र ६ महिनादेखि ७ वर्षसम्मको जेल सजाय दिइनेछ।

उनीहरुलाई ५० हजारदेखि २ लाख र एकदेखि ७ लाखसम्म जरिवान तिराइनसक्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad