समाज


उदयपुरमा थप ३ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४५

उदयपुरमा थप ३ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४५

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १०:३१,

उदयपुरका थप तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ।

उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाब (नमूना) को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।

‘योसँगै अब संक्रमितको संख्या ४५ पुगेको छ,’ स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा विकास देवकाेटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

यी ३ जनामा पुष्टि भएसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेको छ।

देशभरका संक्रमित ४५ मध्ये ७ जना निको भई घर फर्किसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .