बेलायती वैज्ञानिकहरुले कोरोना भाइरस ‘कोभिड १९’ विरुद्ध बनाएको खोप आगामी जुन महिनामा मान्छेमा परीक्षण हुने भएको छ।
इम्पिरियल कलेज लन्डनले गत फेब्रुअरी महिनादेखि जनावरमा कोरोनाविरुद्धको खोप परीक्षण गरिरहेका छन्।
जनावरमा गरिएको परीक्षणले सकारात्मक नतिजा दिएको बताइएको छ।
इम्पिरियल कलेजका प्राध्यापक रोबिन स्याटकले बीबीसीसँग भने,‘हामी मानिसमा आगामी जुनमा कोरोनाविरुद्धको खोप परीक्षण गर्ने योजनामा छौं। हामीले स्वयंसेवकको खोजी गरिरहेका छौं।’ एजेन्सी
प्रतिक्रिया