वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गका पाँच खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। त्यसैगरि अन्य चारवटा राजमार्गमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा पहिरो खस्दा आज पनि नारायणगढ मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरि कोसी राजमार्गको भोटखोलामा पनि आज सडक पूर्ण रूपमा अवरुद्ध रहेकाे प्रहरीले जनाएकाे छ। यो सडक लामो समयदेखि अवरुद्ध हुँदै आएकाे छ।
त्यसैगरि कोसी राजमार्गकै मकालु गाउँपालिका-३ को एकुवामा पनि सडक अवरुद्ध छ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध छ।
त्यसैगरि रुकुम पूर्वको मध्यपहाडी राजमार्ग पनि पहिरोले पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

294
Shares

प्रतिक्रिया