पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहे गर्ने भएका छन्। ६२ वर्षीय कार्कीले तेस्रो बिहे गर्न लागेका हुन्।
बिहेका लागि आइतबार साँझ कार्कीले थापाथलीस्थित एक पार्टी प्यालेसमा परिवारका सीमित सदस्यको उपस्थितिमा टीकाटालो गरेका छन्।
नेता कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका बताइएपनि बधुको नाम भने गोप्य राखिएको छ।
यसअघि दुईपटक बिहे गरेका राणाका दुवै श्रीमतीको क्यान्सर रोगका कारण निधन भएपछि हाल उनी एक्लै थिए। उनीको जेठी श्रीमतीतर्फ एक छोरी रहेकी छन्। परिवार र आफ्न्तको दबाबमा उनले तेस्रो बिहे गर्न लागेको बताइएको छ।
दुईपटक मन्त्री र हाल सांसद समेत रहेका काकी कांग्रेसका प्रभावशाली नेतामध्यका मानिन्छन्।

प्रतिक्रिया