कारोबार


पत्रकार सम्मेलन गर्दै उद्योगमन्त्री यादवले भनेः सचिवको भर पर्दा धोका भयो

पत्रकार सम्मेलन गर्दै उद्योगमन्त्री यादवले भनेः सचिवको भर पर्दा धोका भयो

नेपालखबर
असार २३, २०७६ सोमबार १०:१३,

 भारतबाट आयात हुने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षणको विषयमा सरकारको तीव्र आलोचना हुनथालेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हट्नुपरेको दोष उनले सचिवहरुमाथि लगाएका छन्।

उनले आफ्नै मन्त्रालयका सचिव तथा कृषि र प्रधानमन्त्री कार्यालयका सचिवले धोका दिएको बताएका हुन्। आफू सचिवहरुमाथि भर पर्दा गडबडी भएको उनले दाबी गरे। भारतसँग झुकेको भन्ने आरोपको खण्डन गर्दै उनले व्यवसायीहरुको आग्रहलाई स्वीकारेको बताए। व्यवसायीको पैसा फस्ने भएकाले निर्णयबाट फिर्ता भएको उनको दाबी छ। उनले विषादी चेकजाँच गर्ने निर्णय फिर्ता गरिएको नभई भएका संरचनाबाट नियमित चेकजाँच भइरहेको बताउँदै क्वारेन्टाइनको क्षमता छैन भन्ने थाहा नपाई निर्णय गर्नु आफ्नो भूल भएको बताए। उनले छिट्टै क्षमता बढाउने काम द्रुतगतिमा गर्ने उनले बताए।

यसअघि उनले राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad