समाज


महाराजगन्जमा प्रहरीको हत्या आरोपमा काभ्रेका युवक पक्राउ, ज्यान मुद्दामा अनुसन्धान सुरु

महाराजगन्जमा प्रहरीको हत्या आरोपमा काभ्रेका युवक पक्राउ, ज्यान मुद्दामा अनुसन्धान सुरु

महाराजगन्ज वृत्त।


नेपालखबर
असोज ७, २०८२ मंगलबार १५:५८, काठमाडौँ

जेनजी आन्दोलनको क्रममा महाराजगन्ज वृत्तका प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। काभ्रेपलान्चोकका २६ वर्षीय युवराज क्यापछाकीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको काठमाडौँ परिसरका एक अधिकारीले जानकारी दिए। 

सीसीटीभी र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओका आधारमा प्रहरीले हत्यामा संलग्नहरूको पहिचान गरिसकेको छ। ती मध्ये एक जनालाई पक्राउ गरेर कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको हो। 

आन्दोलनका क्रममा तीन जना प्रहरीको हत्या भएको थियो। ती मध्ये दुई जना महाराजगन्ज वृत्तका प्रहरी हुन्। महाराजगन्ज वृत्तमा मिलन राम र उत्तम थापालाई आन्दोलनकारीले कुटपिट गरेर हत्या गरेका थिए। अरू २२ जनालाई भित्रै थुनेर आगो लगाइदिए पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। उनीहरू पनि कुटपिटबाट घाइते भएका थिए। 

यस्तै अरू केही प्रहरीलाई पनि आन्दोलनकारीले कुटपिट गरेर घाइते बनाएका थिए। कोटेश्वर प्रभागमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको पनि धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए। 

कोटेश्वरमा सहायक हवल्दारको हत्या देखेकी रोजिना: बेहोस भएपछि पनि धारिलो हतियारले हानियो

प्रहरीले यी घटनामा संलग्नहरूको पनि पहिचान गरिसकेको छ। उनीहरूको खोजिकार्य जारी रहेको प्रहरीको दाबी छ।

यस्तै प्रहरीका हातहतियार लुटपाट गर्ने, पोसाक लुटपाट र आगजनी गर्नेहरूको पनि प्रहरीले खोजी गरिरहेको छ। आन्दोलनमा प्रहरीका एक हजार बढी हतियार लुटपाट भएका छन्। 

सडकमा घिसारेर हत्या गरिएका असइले ‘डर लाग्यो’ भन्दै श्रीमतीलाई पठाएका थिए मेसेज

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad