समाज


राशिफल ७ असोज : तुला प्रियतमसँग खिन्न, कुम्भलाई विश्वास गरेकैहरूबाट धोका, तपाईँको के?

राशिफल ७ असोज : तुला प्रियतमसँग खिन्न, कुम्भलाई विश्वास गरेकैहरूबाट धोका, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असोज ७, २०८२ मंगलबार ४:३७, काठमाडौँ

आज मङ्‌गलबार, ७ असोज २०८२ (२३ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आँटे-ताकेको कार्य अघि बढ्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। मङ्गल र शुभकार्यको चर्चा चल्नेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृष: धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ। अचल सम्पत्ति हात पर्ने योग छ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रेम जीवनमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मिथुन: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने वा चोरी हुने भय छ। वैदेशिक क्षेत्र कमजोर रहला। विचार गरेर निर्णय लिनु उचित हुनेछ। साँझमा रमाइलो यात्राको योग छ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४०, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। राजनीतिक कार्यमा ख्याति कमाउने योग छ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। आजको मन्त्र- आत्मबल नै सफलताको पहिलो घण्टी हो।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। लाभदायक यात्रा होला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कन्या: बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। यात्रा सफल हुनेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। शिक्षामा सफलता मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

तुला: बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। प्यारो साथीसँग मन खिन्न रहनेछ, त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। साँझमा शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृश्चिक: आफन्तको प्रगतिमा मन रमाउनेछ। लाभदायक र सुखद यात्रा हुनेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। अतिथिको रूपमा सत्कार पाइएला। सेयर बजारको लगानी फाइदाजनक छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: कुनै समाचारले मनमा शान्ति छाउनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। धर्मकर्म तथा समाजसेवामा मन जानेछ। प्रेम जीवन सफल र सुखद रहनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मकर: भाग्यले साथ दिनेछ। जोस, जाँगर र हिम्मत बढ्ला। स्वादिष्ट भोजनको अवसर छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्त, प्रेमी वा बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। विश्वास गरेकैहरूबाट धोका होला। यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ। साथीभाइको विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

मीन: रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल भइनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। मनोरञ्जनमा सहभागी भइएला। आजको मन्त्र- विवेक नै सफलताको सबैभन्दा विश्वसनीय साथी हो।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad