समाज


काठमाडौँको जेनजी प्रदर्शनमा सहभागी हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

काठमाडौँको जेनजी प्रदर्शनमा सहभागी हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

दाने बोहरा/रासस
असोज ४, २०८२ शनिबार ११:१४, सिमकोट (हुम्ला)

काठमाडौँमा भएको जेनजी प्रदर्शनमा सहभागी हुम्ला घर भएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता छन्।

भदौ २४ भएको जेनजी आन्दोलनमा सामेल हुम्लाको नाम्खा गाउँँपालिका-३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्ने गरेका थुक्तेन अहिलेसम्म सम्पर्कमा नआएका हुन्। 

बुबा टसी छिरिङका अनुसार भदौ २३ गते भने उनी जेनजी प्रदर्शनमा सहभागी भएर कोठा फिर्ता भएका थिए। 

तर होटेलमा काम गर्ने थुक्तेन भदौ २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठामा आएर फेरि प्रदर्शनमा गएका थिए।

तर त्यसयता उनी कोठा नफर्केको बुबा टसी छिरिङले बताए।

छिरिङका अनुसार एघार दिनसम्म काठमाडौँका विभिन्न ठाउँमा खोजी गर्दा पनि उनी भेटिएका छैनन्।  

बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा अहिलेसम्म बेपत्ता रहेको उनले बताए। 

छोरा खोजिदिन उनले आग्रह गरेका छन्। उनका दुई छोरामध्ये बेपत्ता लामा कान्छा हुन्।

हुम्लाका युवा थुक्तेन जेनजी प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले सूचना निकालेर खोजीका लागि आग्रह गरेका छन्। 

समाजका तर्फबाट बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताए।

बुवा छिरिङका अनुसार २४ वर्षका लामा नारायनथान गुम्बामा लामा ज्ञान अध्ययन सकाएर हाल तीनचुलीमा कोठा लिएर भतिजोसँग बस्ने गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad