केही दिनयताको वर्षा र बाढीपहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी छ।
अहिले कोसी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ।
त्यसैगरि कोसी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ। त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ।
त्यसैगरि रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा सडक अवरुद्ध छ।
तुइनखोलामा ढुंगा खस्ने क्रम निरन्तर जारी रहेकाले पहिरो हटाउन समय लागेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। हाल तीनवटा लोडर र दुईवटा एकाभेटर पहिरो हटाउन परिचालन गरिएको छ।

पहिरोको कारण मुग्लिन क्षेत्रमा अहिले हजारौँ सवारी साधन रोकिएका छन्। शुक्रबार साँझदेखि नै रोकिएका यात्रु अझै गन्तव्यतर्फ जानका पाएका छैनन्।
कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी त्रिशूली सडकलगायतमा भने एकतर्फी रुपमा खुलाइएका छन्।

Shares

प्रतिक्रिया