कोरोना भाइरस (कोभिड १९) का पाँचौ संक्रमित युवा पनि निको भएर घर फर्केका छन्।
युएईबाट चैत ६ गते आएका कैलालीको धनगढी उपमहानगरपालिका– ५ का ३४ वर्षीय युवा मंगलबार निको भएर घर फर्केका हुन्।
ती युवा मंगलबार निको भएर घर फर्केको सेती प्रादेशिक अस्पतालले जनाएको छ। उनी चैत ११ गते अस्पताल भर्ना भएका हुन् ।

डिस्चार्जपछि उपचारमा संलग्न डाक्टरहरुसँग कैलालीका ३४ वर्षीय युवा
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले ती युवा निको भएपछि डिस्चार्ज भएको जानकारी दिए।
यसअघि सोही अस्पतालमा उपचाररत एक युवा आइतबार डिस्चार्ज भएका थिए।
अहिले उक्त अस्पतालमा तीन जना संक्रमित उपचारत रहेका छन्।
डिस्चार्जपछि उपचारमा संलग्न डाक्टरहरुसँग कैलालीका ३४ वर्षीय युवा
सो अस्पतालमा आजैबाट दुईवटा भेन्टिलेटरसहित छुट्टै आईसीयूसेवा सञ्चालनमा आएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाएको छ।
यसअघि सो अस्पतालमा १ भेन्टिलेटरसहित ५ वेडको आईसीयू सञ्चालनका रहँदै आएको थियो।

प्रतिक्रिया